
रसुवा । रसुवागढी भन्सार कार्यालयले विदेशी पर्यटकको चाप बढ्दै गएपछि इम्मी सफ्टवेयर प्रणाली जडान सुरु गरेको छ ।
भिसा नलिई नेपाल भ्रमणमा आउने पर्यटकका लागि भिसा एप्लिकेसन फर्म भर्ने व्यवस्था गर्न यो प्रणाली जडान गर्न लागिएको रसुवागढी अध्यागमन कार्यालयका प्रमुख मनोजकुमार पोखरेलले जानकारी दिए ।
नेपाल आएका विदेशी नागरिकको भिसा सकिएमा यो प्रणालीबाट भिसा थप गर्न सकिने कार्यालयले जनाएको छ ।
देशभर रहेका अध्यागमन कार्यालयको सुधारअन्तर्गत रसुवागढी अध्यागमनमा इम्मी सफ्टवेयर प्रणाली जडान गरिएको हो ।
अन्य नाका हुँदै नेपाल आएका विदेशी नागरिक यो नाका हुँदै जानका लागि समेत यसले सहयोग पुग्ने बताइएको छ ।
रसुवागढी नाका हुँदै एक हप्तामा करिव २ हजार ५ सय पर्यटक आवतजावत गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्