२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


गर्भ जँचाउनेलाई अण्डा उपहार


0
Shares

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका– ५ की शर्मिला मगर ६ महिनाकी गर्भवती हुन् । उनले ४ र ६ महिना गरी दुईपटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराइसकेकी छन् ।

यसरी गर्भ जाँच गराउँदा उनले गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, खतराका चिन्ह, पूर्वतयारी तथा स्वास्थ्य संस्थामा सुत्केरी हुँदा हुने फाइदाका विषयमा जानकारी मात्र पाइनन्, उपहार स्वरुप कुखुराका अण्डा समेत पाइन् ।

स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गराउने गर्भवतीलाई अण्डा उपहार दिने गरिएको हो । हाल उक्त गाउँपालिकाको वडा न.५ मा यो कार्यक्रम चलिरहेको छ ।

गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भ परीक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले तत्कालिन मानेभञ्ज्याङ गाविसको सहयोगमा सगरमाथा आमा समूहले २०६८ सालदेखि यो अभियान संचालन गरेको हो । -नागरिक दैनिकबाट