
काठमाडौं, असोज २७ । योङ प्रेसिडेन्ट्स अर्गनाइजेसन (वाइपीओ) कोलकाता, भारत च्याप्टरले माइती नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ ।
संस्थाले माइती नेपाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागेको माइती नेपालका कार्यवहाक अध्यक्ष विश्वराम खड्काले जानकारी दिए ।
योङ प्रेसिडेन्ट्स अर्गनाइजेसन (वाइपीओ) कोलकाता मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था हो ।
मानव बेचबिखनविरुद्ध वाइपीओका १५ सदस्यले अन्नपूर्ण आधार क्षेत्रमा गएर जनचेतना कार्यक्रम सन्चालन गरेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्