
काठमाडौं, असोज २७ । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था थप जटिल बनेको छ ।
विगत ६ वर्षदेखि अचेत अवस्थामा रहेका बास्तोलालाई शनिबार न्यूरो अस्पतालले थप उपचार सम्भव नभएको भन्दै घरमै आराम गराउन सुझाव दिएको छ ।
उनलाई हाल आफ्नै निवास खुमलटारमा राखिएको छ ।
हामीसित कुरा गर्दै बास्तोलका निजी सचिव राधाकृष्णले नेता बास्तोलाको अवस्था अत्यन्त जटिल रहेको जानकारी दिए ।
मस्तिष्कघातको समस्यासँग जुधिरहेका बास्तोलाको स्वास्थ्यमा तत्काल थप सुधार हुन नसक्ने भन्दै चिकित्सकहरुले घरमै आरामका लागि फिर्ता पठाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्