
काठमाडौं, असोज २७ । बडादसैंका लागि आवश्यक सामाग्री किन्नेहरुको भीड बजारमा दिनदिनै बढ्दै गएको छ ।
बजारमा उपभोग्य वस्तुको भाउ बढेको गुनासो आइरहे पनि किनमेल गर्नेहरुको संख्यामा भने कमी आएको छैन ।
काठमाडौंका फुटपाथदेखि ठूला–ठूला सपिङ सेन्टरमा किनमेल गर्नेहरुको घुइँचो लागेको छ ।
पुर्ख्यौली थातथलो छाडेर कामको सिलसिलामा बाहिर बसेकाहरु यतिबेला घर फर्कन्छन् । घर जाँदा आफ्ना परिवारका सदस्यहरुलाई गच्छेअनुसार विभिन्न उपहारका सामग्री लैजाने नेपालीहरुको चलन रहेको छ ।
काठमाडौं उपत्यकाबाट अहिले दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिरहेका छन् ।
मानिसको अत्यधिक चापका कारण मुख्य व्यापारिक केन्द्रहरुमा सवारी आवागमन पनि अस्तव्यस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्