१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


खिल्ली उडाउनेहरु छक्कपर्न अब बेर लाग्दैन : ऊर्जामन्त्री


0
Shares

ओखलढुंगा, असोज २७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् ।

ओखलढुंगाको चम्पादेवीमा ‘मिसन मालिंगे भिजन २१००’ को शनिबार उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको दाबी गरे ।

‘अबको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरेर विद्युत्मा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ’–मन्त्री पुनले भने–‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयर धनी भन्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’

मन्त्री पुनले सरकारले जनचाहनाअनुसारको काम गरिरहेको दाबी गरे ।

उनले प्रधानमन्त्रीले रेलका कुरा गर्दा खिल्ली उडाउनेले नेपालमा दुई वर्षभित्रै रेल चढ्न पाउने तर्क गरे ।

‘ठूला र आवश्यकता देखिएका योजनाहरु सरकारले अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्कपर्न अब बेर लाग्दैन’–मन्त्री पुनले भने–‘अबको केही वर्षमा नेपाल समृद्ध मुलुक बन्नेछ । विद्युत् र पर्यटनमा प्रगति गर्नेछ र कृषिमा आधुनिकीकरणसँगै आत्मनिर्भर बन्नेछ ।’ रासस