१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


नेकपाको सचिवालय बैठक पुनः सर्‍यो


0
Shares

काठमाडौं, असोज २७ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ ।

शनिबार (आज) बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

नेकपाको लगातार यो दोस्रोपटक बैठक सारिएको हो ।

उनले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताए । बैठकको समय र स्थान भने तोकिएको छैन ।

यसअघि, गत बुधबार डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो ।

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको थियो । रासस