१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


उत्पादन बढाउँदै आयात कम गरेर निर्याततर्फ जोड दिने लक्ष्य : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भर बनाउन उत्पादन बढाउनुको विकल्प नभएको बताएका छन् ।

सहकारी आन्दोलनका अभियन्ता केशव बडालको जीवनीमा आधारित पुस्तक ‘इमानको इन्द्रेणी’को शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै उनले उत्पादन बढाउँदै आयात कम गरेर निर्याततर्फ जोड दिने लक्ष्य राखिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले अधिकांश उर्वर भूमि खन्डित अवस्थामा रहेको भन्दै त्यस्ता जमिनमा एकै किसिमको उत्पादनमा जोड दिने बताए ।

सरकारले सहकारी आन्दोलन र त्यसको उपयोगितालाई राम्ररी बुझेकाले यस क्षेत्रको विकासलाई महत्व दिएको उनले बताए ।

कार्यक्रममा पररराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सहकारी अभियन्ता बडालले सहकारीको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे ।

पुस्तक अनिल पौडेलले लेखेका हुन् ।