३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


२९ गतेबाट श्रीपेच प्रदर्शनीमा, पहिलो अवलोकन प्रधानमन्त्रीबाट


0
Shares

काठमाडौं । बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटप्रुफ सिसाभित्र राखिएको श्रीपेचको पहिलो अवलोकन गर्ने भएका छन् ।

नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको हो ।

संग्राहलयको श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाएको मुकुट(टायरा), एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने भएको छ ।

संग्राहलयको सुर्खेत र रुपन्देही कक्षमा ती सामाग्री राख्न लागिएको हो ।

पूर्वराजाले नारायणहिटी दरबार छाडेपछि श्रीपेचलगायतका सामाग्री वि.स.२०६५ जेठ २९ गते शैलुनमा राखिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट