
काठमाडौं, असोज २६ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांस दिने भएको छ ।
संस्थाको शुक्रबार सम्पन्न सातौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले यस अवधिमा १८ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।
गत वर्ष संस्थाले ९६ लाख ८६ हजार चेक राफसाफ गरेकामा दैनिक औसत राफसाफ रकम २६ अर्ब ६ करोड रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्