
काठमाडौं, असोज २६ । नेपाल खाद्य संस्थानले खसीबोका बेच्न सुरु गरेको छ ।
शुक्रबार सुरुकै दिन बिहानैदेखि खसीबोका र च्यांग्रा किन्न संस्थानमा उपभोक्ताको लाइन लागेको थियो ।
बजार मूल्यभन्दा केही सस्तोदरमा बिक्री गरेकाले यहाँ खसीबोका खरिद गर्न उपभोक्ताको भीड लागेको हो ।
संस्थानले यो वर्ष एक हजार खसीबोका र सोही मात्रामा च्यांग्रा ल्याएको छ ।
संस्थानले यो वर्षका लागि खसीबोका प्रतिकेजी ५०० र च्यांग्रा ७०० रुपैयाँमा बिक्री गरेको छ ।
बिक्री सुरु गरेकै दिन शुक्रबार साँझसम्म अधिकांश च्यांग्रा बिक्री भएकोसमेत संस्थानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्