नवीन शर्मा/लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, असोज २५ । बडादसैंका लागि गृहजिल्ला जानेहरुको घुइँचो ह्वात्तै बढेको छ ।
उपत्यकाका बसपार्क र टिकट काउन्टरहरुमा घर जानका लागि टिकट लिनेहरुको संख्या घटस्थापनापछि झनै बढेको बस व्यवसायीहरु बताउँछन् ।
यात्रीको विगतका वर्षभन्दा धेरै गुनासो नआएपनि बसको टिकट भने अझै सहजरुपमा उपलब्ध नभइसकेको बताउँछन् ।
भनेको समयमा बसको टिकट नपाउँदा अझै घर पुग्न कठिनाइ भइरहेको यात्रीहरुको भनाइ छ ।
कोही सात दिनसम्म टिकककै लागि बसपार्कसम्म धाउँदा पनि टिकट नपाएको बताउँछन् भने कोहीले एकै दिनमा टिकट सहजरुपमा उपलब्ध भएको बताउँछन् ।
दसैं नजिकिँदै गर्दा टिकटमा मनोमानी हुने गरेको गुनासो भने यात्रीहरुको अझैसम्म पनि रहेको छ ।
यता, बाटोमा कुनै सवारी–साधन बिग्रिएर वा अन्य कुनै कारणले जाम भएमा अविलम्ब सवारी–साधनलाई सहज बनाइने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ बताउँछन् ।
घर जाने यात्रीको सुरक्षाका लागि ट्राफिक र प्रहरीले दिनरात गस्ती गर्ने र कुनै अप्रिय घटना भइहालेमा तुरुन्त पुगिहाल्ने व्यवस्था गरेको छ ।
प्रहरीले बसपार्क र सम्बन्धित ठाउँहरुमा माइकिङमार्फत् यात्राका बेला हुने सम्भावित अप्रिय घटनाहरु रोक्न यात्रीलाई सचेत बनाउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्