काठमाडौं, असोज २५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले विजयी सुरुआत गरेको छ ।
थ्रीस्टारले फ्रेन्ड्स क्लबलाई २–१ ले हराएको ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्रीस्टारलाई विजयी गराउन रन्जन विष्ट र बुद्ध चेम्जोङले १/१ गोल गरे ।
पराजित टोली फ्रेन्ड्सका विकास लामाले खेलको अतिरिक्त समयमा १ गोल फर्काएका थिए ।
बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलका कारण एक साता रोकिएको लिग बुधबारदेखि पुनः सुचारु भएको हो ।








प्रतिक्रिया दिनुहोस्