विराटनगर, असोज २५ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीय ढाँचामा गईसकेकाले अब नेपाल प्रहरी पनि प्रादेशिक ढाँचामा जानु पर्नेमा जोड दिएका छन् ।
६३ औं प्रहरी दिवसको अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार नागरिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखी अघि बढेकोले नेपाल प्रहरी पनि प्रादेशिक ढाँचामा जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रहरीलाई कानुनी हिसाबमा संघीय बनाउने क्रममा प्रदेश सरकार अघि बढिसकेको जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्