१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


नौबिसे–नागढुंगा सडकमा ठूला मालवाहक सवारी साधन प्रवेशमा रोक


0
Shares

धादिङ, असोज २५ । दसैंका बेला हुने सवारी चापलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय धादिङले नौबिसे–नागढुंगा सडकमा ठूला मालवाहक सवारी प्रवेशमा रोक लगाएको छ ।

दसैंका बेला राजमार्गमा अत्यधिक चाप हुने भएकाले ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो । एक हप्तासम्मका लागि यो मार्गमा ठूला मालवाहक सवारी सञ्चालन नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ ।

यसैबीच प्रहरीले यात्रुको सहजता र सवारी सञ्चालनमा अवरोध आउन नदिन राजमार्गमा २४ सै घण्टा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।