Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


जलाशययुक्त आयोजनामा क्यानडाको चासो


0
Shares

काठमाडौं, असोज २४ । क्यानडाका सांसद ब्रेड ट्रोस्टले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका सम्भावनाबारे जानकारी लिएका छन् ।

निजी क्षेत्रका प्रतिनिधिमन्डललाई लिएर नेपाल भ्रमणमा आएका सांसद ट्रोस्टले जलाशययुक्त आयोजना निर्माणबारे विशेष चासो राखेको पनि जनाइएको छ ।

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसितको भेटमा उनले जलविद्युत्मा लगानीका सन्दर्भमा चासो व्यक्त गरेको सो मन्त्रालयले जनाएको हो ।

भेटमा मन्त्री पुनले ऊर्जामा नेपाल आत्मनिर्भर बन्न लागेको जानकारी गराउँदै विद्युत्को क्षेत्रीय व्यापारका लागिपरेको बताएको पनि जनाइएको छ ।