विराटनगर, असोज २४ । स्वदेशीसहित छिमेकी देशका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ता एवं उपभोक्तालाई एकै स्थानमा समेट्ने उद्देश्यले विराटनगरमा विराट ट्रेड एक्स्पो हुने भएको छ ।
मोरङ व्यापार संघको आयोजनामा आगामी पुस ६ देखि १४ गतेसम्म मेला आयोजना हुने संघले जनाएको छ ।
संघले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी मेलाबारे विस्तृत् जानकारी गराएको हो ।
मेलामा स्वदेशी उत्पादनका साथै भारत, बंगलादेश र पाकिस्तानका उत्पादन प्रदर्शनीमा राखिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्