काठमाडौं, असोज २४ । नेपाली कांग्रेसले बडादसैंको अवसर पारेर कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
उपत्यकाका तीनै जिल्लासहित केन्द्रमा पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान आयोजना गरिने कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
चियापानमा विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको मुख्यसचिव पौडेलले बताए ।
कांग्रेसले प्रत्येक वर्ष दसैंका अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्