कपिलवस्तु । बडा दसैंमा पूजा गरिने दुर्गा भवानीको मूर्ति बनाउन कपिलवस्तुका मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ ।
दसैंका बेला विशेष गरी तराईका जिल्लामा टोलैपिच्छे दुर्गाभवानीसहित विभिन्न देवी देवताको प्रतिमा स्थापना गरी पूजा गर्ने चलन छ ।
त्यस्ता मूर्तिको माग यो समयमा अत्यधिक हुने भएकाले मूर्तिकारहरुलाई भ्याइनभ्याइ भएको हो ।
नेपाली कालीगढले मात्र माग धान्न नसकेपछि भारतबाट समेत कतिपय कालीगढलाई झिकाएर नेपालमा मूर्ति बनाउने गरिन्छ ।
दुर्गा भगवती, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका अर्डर अनुसारका मूर्ति निर्माण गर्नेक्रम तीव्र रुपमा भइरहेको छ ।
त्यस्ता मूर्ति बनाउन चाहिने कच्चापदार्थ र सजावटका सामान भने भारतबाटै ल्याउने गरिएको छ कपिलवस्तु सदरमुकाम तौलिहवा लगायत कृष्णनगर, चन्द्रौटा, बहादुरगञ्ज, मर्यादपुर पकडी र चाकरचौडामा समेत दुर्गा झाँकी प्रदर्शन गरिने भएकाले मूर्तिको माग बढेको कालीगढहरु बताउँछन् ।
कतिपय स्थानमा घटस्थापनाका दिनदेखि र केही ठाउँमा सप्तमीका दिन अबेर रातिदेखि विशेष पूजा अर्चना गरी मूर्ती स्थापना गरिन्छ ।
मूर्ति बनाएर यहाँका कालीगढले राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्