काठमाडौं । विश्वकप ट्वेन्टी–ट्वेन्टी छनोट क्रिकेटको पाँचौ खेलमा आज नेपालले चीनसँग खेल्दैछ ।
समुहमा लगातार चार जित हात पारेको नेपाल आज पाँचौ जितको खोजिमा छ । उता चीन भने समुहमा सबैभन्दा कमजोर देखिएको छ ।
उसले खेलेका सबै ४ खेल हारेको छ । यस्तोमा चीनविरुद्धको आजको खेल नेपालका लागि औपचारिकता मात्रै हुनेछ ।
यसअघि हिजो भको खेलमा कमजोर प्रतिद्वन्द्वी भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले हराउँदै नेपालले टि ट्वेन्टी विश्वकप छनौटको अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।
हिजोको जितसँगै नेपाल अहिलेसम्मका खेलमा सत्प्रतिशत नतिजासँगै ८ अंकसहित शीर्ष स्थानमा छ । समान ८ अंक जोडे पनि रनरेटका आधारमा सिंगापुर दोस्रो स्थानमा छ ।
सात टोली सहभागी एसियाली समूह बी को प्रतियोगिताबाट शीर्ष ३ टिम दोस्रो चरणमा छानिने भएकाले नेपालले दुई खेलअघि नै दोस्रो चरणमा ठाउँ सुरक्षित गरेको हो ।
आज चीनसँग खेल्न लागेको नेपालले शुक्रबार समुहको अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्