Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन पहल गर्छु : इयू राजदूत


0
Shares

काठमाडौं, असोज २३ । नेपालका लागि युरोपियन युनियनका राजदूत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन पहल गर्ने आश्वासन दिएकी छन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले नेपालको हवाई यातायातलाई सुरक्षित बनाउन हवाई क्षेत्रको नीति निर्माण गर्ने र सेवा प्रदान गर्ने निकाय छुट्टाछुट्टै बनाउनुपर्ने सुझाव पनि दिइन् ।

राजदूत कोडीले नेपालको व्यापार, पर्यटन र लगानी प्रवर्धनका लागि भौतिक पूर्वाधार महत्वपूर्ण हुनेमा जोड दिइन् ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दा पर्यटन क्षेत्रमा असर पारेको भन्दै हटाउन पहल गर्न आग्रह गरेका थिए ।

नेपालको हवाई सुरक्षाको संवेदनशीलतालाई यथार्थपरक ढंगमा बुझिदिन पनि उनले आग्रह गरे ।

नेपालको समृद्धिका लागि इयूसँगको आर्थिक सम्बन्ध महत्वपूर्ण रहेको भन्दै नेपाली उत्पादन युरोपमा निर्यात गर्नलाई थप सहयोग गर्न पनि चेम्बरले आग्रह गरेको छ ।