Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पर्यटन क्षेत्रमा धेरै सकारात्मक कार्यहरु भइरहेको छ : मन्त्री अधिकारी


0
Shares

काठमाडौं, असोज २३ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रमा अहिले धेरै सकारात्मक कार्यहरु भइरहेको अवस्थामा पनि केही मानिसमा अझै निराशा र नकारात्मक टिप्पणी हुनु दुःखद् भएको बताएका छन् ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४२औं साधारणसभाका अवसरमा उनले सरकारले पर्यटनमार्फत् मुलुकको समृद्धि अघि बढाउने कार्यमा अग्रसर रहेको अवस्थामा सबै निजी क्षेत्रका सरोकारवालाहरु एकताबद्ध भइ काम गर्न आवश्यक रहेकोमा जोड दिए ।

उनले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलको २२ घन्टा सन्चालन तथा विभिन्न निकायबाट गरिएका सकारात्मक प्रयासहरुको फलस्वरुप पर्यटक आगमन वृद्धि उत्साहजनक रहेको पनि बताए ।

सो अवसरमा पाटा नेपालले नेपाली पर्यटनमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरेको थियो ।

Skip This