काठमाडौं, असोज २३ । बडादसैंमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दसैंमा सुपथ मूल्यका वस्तु आम उपभोक्तालाई सहजरूपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।
समितिले दसैं, तिहारजस्ता चाडपर्वका बेला उपभोक्तालाई मारमा पार्ने गरी चर्को मूल्यवृद्धि हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
सुपथ मूल्य पसलको दायरा बढाएर उपभोक्तालाई सहजरूपमा वस्तु तथा सेवा उपलब्ध गराउन पनि समितिले सरकारलाई भनेको छ ।









प्रतिक्रिया दिनुहोस्