म्याग्दी । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेकाहरुको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जयन्ती माध्यामिक विद्यालयको भवन निर्माण गरिएको छ ।
२ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा विद्यालयको २० कोठे पक्की भवन निर्माण गरिएको हो ।
स्थानीयको सक्रियता र प्रवासीको सहयोगमा २ करोड ५० लाख रुपैयाँ खर्च गरेर भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिए ।
२०७२ सालको भूकम्पले विद्यालयको भवन जीर्ण बनाइदिएको थियो ।
विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरिद गरी गाउँमा इँटा बनाएर भवन निर्माण गरेको हो ।









प्रतिक्रिया दिनुहोस्