२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024


मकै र गहुँको पनि न्यूनतम् समर्थन मूल्य निर्धारण गरिँदै


0
Shares

काठमाडौं, असोज २२ । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले देशमा आयात बढिरहेसँगै किसानहरु पनि व्यवसायउन्मुख बन्दै गएको दाबी गरेका छन् ।

सोमबार किसान आयोगबाट सन्चालित कार्यक्रमका उपलब्धिबारे जानकारी गराउँदै उनले उक्त दाबी गरेका हुन् ।

उनले किसानहरुले प्राप्त गर्ने सुविधाका सन्दर्भमा रहेका अन्योल एवं द्विविधा हटाइ कृषकमुखी कृषि विकासका कार्यक्रम ल्याउन आयोगले पहल गरिरहेको दाबी पनि गरे ।

किसानका समस्याहरुलाई न्यूनीकरण गर्नका लागि किसानको गुनासो एवं उजुरी व्यवस्थापन गर्ने काम भइरहेको पनि पनि उनले उल्लेख गरे ।

आयोगका सदस्य भानुभक्त सिग्देलले किसानहरुको समस्या न्यूनीकरण गर्नका लागि धान र उखुको मूल्य निर्धारण भइसकेको र मकै र गहुँको पनि न्यूनतम् समर्थन मूल्य निर्धारण हुनेक्रममा रहेको बताए ।