काठमाडौं, असोज २२ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार भने सामान्य सुधारियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंकले उकालो लागेर १२ सय २० मा पुग्यो ।
जीवनबिमा र अन्य समूहबाहेक अरु सबै समूह सकारात्मक रहे । होटल समूहमा सबैभन्दा उच्च ४८ अंकको वृद्धि भयो । निर्जीवन बिमा समूह पनि ३० अंकले उकालो लाग्यो । उत्पादनमूलक र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका साढे १४ लाख कित्ता सेयर ३७ करोड १६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्