२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


बजारमा बडादसैंको चहलपहल (भिडियो)


0
Shares

मीरा बस्नेत/कुमार थापा (इमेज)

काठमाडौं, असोज २२ । नेपालीहरुको महान् पर्व बडादसैं नजिकिँदै गर्दा राजधानीका मुख्य व्यापारिक केन्द्रहरुमा किनमेल गर्नेको भीड बढ्न थालेको छ ।

दसैं जसोतसो राम्रो लगाउने, मीठो खाने पर्व पर्व भएकाले सर्वसाधारण आवश्यक सामग्रीको जोहो गर्न जुटेका हुन् ।

ठूल्ठूला सपिङ मलदेखि फुटपाथसम्म सामान किन्नेहरुको भीड उत्तिकै देखिन्छ । मानिस आफ्नो गच्छेअनुसारको किनमेल गर्न बजारमा पुगेका हुन् ।

तर, बजार पुग्दा भने दसैं खर्चका लागि छुट्याएको बजेटले आधा पनि सामान नआउने गरेको उनीहरुको गुनासो छ ।

दसैंका बेला सहुलियतदरका पसल खुल्नेदेखि छुटको नारासमेत खुबै सुनिने गर्दछ । तैपनि, सर्वसाधारणले चाडबाडका बेला झनै बढी मूल्य चुकाउनुपर्ने तीतो यथार्थ रहेको छ ।

चाडबाडकै बेलामा लत्ताकपडादेखि खाद्यान्नसम्मको मूल्यवृद्धि हुने तीतो यथार्थलाई कसैले पनि नर्कानसक्ने अवस्था छैन ।

चाडबाडकै मौका पारेर कालोबजारी गर्नेहरु पनि जुर्मुराउने गर्दछन् भने अत्यावश्यक वस्तुको मूल्य निश्चित नहुँदा सर्वसाधारण चर्को मारमा पर्ने गरेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष लत्ताकपडादेखि खाद्यान्नमा दोब्बरले मूल्यवृद्धि भएको सर्वसाधारणको गुनासो छ ।

व्यापारीहरुले भने सर्वसाधारणको बाध्यतालाई कमाउने मौकाकारुपमा लिने गरेका छन् ।

विगतका वर्षहरुको तुलनामा यस वर्ष सामान किन्न आउनेहरु निकै कम भएको व्यापारीहरुको भनाइ छ ।

यस वर्ष सरकारले हरेक सामानमा लगाएको करले आफूहरुलाई पनि सामान ल्याउँदा महँगो परेको र सर्वसाधारणलाई पनि महँगोमा नै बेच्नुपरेको उनीहरुको तर्क रहने गरेको छ ।

भिडियो हेर्नुहोस्