काठमाडौं, असोज २२ । नेपालको पर्यटन क्षेत्रको विकासमा गैरआवासीय नेपालीहरुले पुर्याउनसक्ने योगदानबारे छलफल गरिएको छ ।
सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियाका सहभागीहरुले पर्यटन क्षेत्रको प्रवर्धनका लागि सामाजिक सन्जालको प्रयोग, विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय तथा विदेशमा बस्ने नेपालीहरुले अवैतनिक राजदूतकारुपमा काम गर्नुपर्नेमा जोड दिए ।
नेपालको सांस्कृतिक विविधता अनुपम रहेकाले यसको संरक्षण, विकास र प्रवर्धन गर्दै पर्यटनमार्फत् देशको आर्थिक विकासमा योगदान गर्नसकिने सहभागीहरुको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस्