Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


नोर्धाउस र रोमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार


0
Shares

स्टकहोम, असोज २२ । अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धातालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।

अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्नेसम्बन्धी अध्ययनका लागि तथा न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरेबापत उक्त पुरस्कार दिइएको हो ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सकिएको छ । रासस/एपी