रसुवा । बडा दसैंका लागि चीनबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको छ ।
नेपाल–चीन व्यापारिक नाका रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्याङ्ग्राको आयात सुरु गरिएको हो ।
पहिलो चरणमा तिब्बतबाट करिब २ सय भेडा–च्याङ्ग्रा भ्यिाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आयात बढ्ने व्यापारीले बताएका छन् ।
गत वर्ष यो नाका हुँदै ५५ वटा मात्र भेडा च्याङ्ग्रा नेपाल भित्रिएका थिए । गत वर्षभन्दा यस बर्ष भंन्सार महशुल बढेकाले करिव ४ हजार रुपैयाँले मूल्य बढेको छ ।
गत वर्ष एउटा भेडा च्याङ्ग्राको मूल्य २३ हजारसम्म पर्ने गरेकोमा यस वर्ष २७ हजार पर्र्ने ब्यापारीको भनाइ छ ।
२०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको व्यापारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्