Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


प्राधिकरणद्वारा चारवटा एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत


0
Shares

काठमाडौं, असोज २१ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ ।

प्राधिकरणको आइतबार बसेको कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको जनाइएको हो । ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रारम्भिक योजनालाई स्वीकृत गरेको जनाइएको हो ।

यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौं जिल्ला शंखरापुर नगरपालिका पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको जनाइएको छ ।

यसैबीच, पुनर्निर्माण सम्पन्न निजी आवासको संख्या तीन लाख नाघेको पनि प्राधिकरणले जनाएको छ ।

 

Skip This