Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सुनको मूल्य उकालो लाग्ने क्रम जारी


0
Shares

काठमाडौं, असोज २१ । आइतबार पुनः सुनको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले उकालो लागेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ प्रतितोलामा स्थिर रहेको थियो ।

आइतबार चाँदीको मूल्य पनि ५ रुपैयाँले उकालो लागेर ७५० रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२०५ डलर हाराहारीमा कारोबार भएको छ ।