Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


ईमेज च्यानलबाट उत्कृष्ट विज्ञापन एजेन्सी सम्मानित


13
Shares

काठमाडौं, असोज २१ । ईमेज च्यानलले सबैभन्दा बढी विज्ञापन उपलब्ध गराउने प्रमुख तीन विज्ञापन एजेन्सीलाई सम्मान गरेको छ ।

२० औं संस्करणको दुबोर्ग ईमेज अवार्ड कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले प्रमुख तीन विज्ञापन एजेन्सीलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा थम्पसन नेपाल, एड रिलिज र इको एडभर्टटाइजिङ एजेन्सी रहेका छन् । थम्पसन नेपाल पहिलो हुन सफल भयो भने एड रिलिज र इको एड्भरटाइजिङ एजेन्सी क्रमशः दोस्रो र तेस्रो भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष मानन्धरले दर्शक, श्रोता र विज्ञापन एजेन्सीको सहयोग र विश्वासका कारण आफूहरु सफल भएको बताए । 

ईमेज गु्रपले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट सत्यतथ्य र विश्वसनीय समाचार प्रसारण गर्दै पत्रकारिताको धर्म निर्वाह गरेको उनको भनाइ थियो ।