प्रदिप पौडेल/ईमेज:
पोखरा । गण्डकी प्रदेशका निती तथा योजना आयोगका उपाध्यक्ष डा . गिरीधारी पौडेलले गण्डकी प्रदेशबाट १८ प्रतिशत युवा जनशक्ति विदेशीने गरेको बताएका छन् ।
संसदीय पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा जनशक्तिलाई नेपालमै राख्ने गरि प्राविधिक शिक्षा दिन प्रदेशले तयारी गरेको बताए ।
उनले गण्डकी प्रदेशबाट मात्रै एक वर्षमै ३ लाख २२ हजार युवाहरु विदेशीने गरेको र तिनीहरुलाई स्वदेशमै रोजगारी दिने गरि निति र योजना छिट्टै सार्वजनिक गर्ने बताए ।
उनले गण्डकी प्रदेशमा तीन वटा रिङरोड बनाउनका लागी अध्ययन सुरु भएको बताए । दुई वर्ष भित्र गण्डकी प्रदेशका सबै जनताले पिउने पानी र बिजुली पाउने दाबी गरे ।
प्रदेश मासु,दुध र अण्डामा आत्मनिर्भर भएपनि मनाङमा भने २९ प्रतिशत बालबालिकाहरु मा कुपोषण रहेको बताए । प्रदेश २मा कुपोषणको दर ५६ प्रतिशत रहेको उनको भनाई थियो ।
उनले करिब ५० प्रतिशत उर्जा गण्डकी प्रदेशबाट नै उत्पादन हुने गरेको र १५ वर्ष सम्म उर्जामा प्रदेश अगाडी रहने बताए । हाल ५ सय ४७ मेगावाट विद्युतका लागी निर्माणाधिन अवस्थामा रहेका छन ।
नेपालमा १ हजार मेगावाट विजुली उत्पादन भएको मध्ये हाल गण्डकी प्रदेशमा ४ सय ४९ मेगावाट बिजुली उत्पादन भइरहेको उनले बताए ।
प्रदेशका विज्ञ विष्णुराज बरालले डाटामा प्रदेश अगाडि रहेपनि ग्रामिण क्षेत्रको अवस्था भने दयानिय रेहेको बताए ।
प्रदेशमा खेतीयोग्य जमिन प्रतिव्यतिm ४ रोपनी पर्न आउँछ भने कास्की जिल्ला मा भने ३ रोपनी मात्रै रहेको बताए ।
प्रदेशलाई समृद्धि गराउन पर्यटन उर्जा र कृषिमा जोड दिनेगरि योजना बनिरहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष लाल प्रसाद शर्मा,उपाध्यक्ष भरत कोइराला सचिव विषन क्षेत्रीले समेत बोलेका थिए ।








प्रतिक्रिया दिनुहोस्