२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


फिदिममा दैनिक उपभोग्य सामग्रीका पसलमा मूल्यसूची नै छैन्


0
Shares

पाँचथर । पाँचथरको फिदिममा दैनिक उपभोग्य सामग्रीका पसलमा मूल्यसूची नराखिएको पाइएको  छ ।

चाडपर्वलाई लक्षित गरेर गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको पाइएको हो ।

त्यस्तै कतिपय खाद्यान्नका पसलले सम्वन्धित निकायबाट अनुमति नै नलिई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

विगतको तुलनामा म्याद जुग्रिएका सामान भने कम फेला परेको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले जानकारी दिए

होलसेल पसलमा मात्रै मूल्य सूची राखेको र साना किराना पसलमा मूल्य सूची नराखिएको पाइएकाले उनीहरुलाई तीन दिनभित्र मूल्यसूची राख्न सुझाव दिइएको बताइएको छ ।