१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


कंगोमा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी ५० जनाको मृत्यु


0
Shares

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले जानकारी दिएका छन् ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।(एजेन्सी)