Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सन्धिखर्कमा ३० करोड रुपैयाँको लागतमा व्यवस्थित बसपार्क बन्ने


0
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ३० करोड रुपैयाँको लागतमा व्यवस्थित बसपार्क बन्ने भएको छ ।

साना सहरी विकास आयोजनामार्फत् बन्न लागेको बसपार्कको राष्ट्रिय इन्जिनियर कन्स्ट्रक्सनले सर्भे सुरु गरिसकेको छ ।

करिब १५ रोपनीको क्षेत्रफलमा निर्माण हुन लागेको बसपार्कमा झन्डै १ हजार बस पार्किङ गर्न सकिने ओभरसियर रविन्द्रकुमार देवले जानकारी दिए ।

बसपार्क साँघुरो भएका कारण  अप्ठ्यारो र दुर्घटनाको समेत जोखिम रहेको छ । नयाँ बसपार्क बन्ने भएपछि स्थानीय उत्साहित बनेका छन् ।