१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त हुने निश्चित


0
Shares

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो नियुक्त हुने लगभग निश्चित भएको छ ।

क्याभानोमाथिको यौन दुव्र्यवहारसम्बन्धी आरोपबारे संघीय जाँच व्यूरोले अनुसन्धान गरिरहँदा विपक्षमा उभिंदै आएका एक जना रिपब्लीकन र अर्का डेमोक्र्याट सिनेटरले समेत समर्थन गर्ने भएपछि उनको नियुक्ति निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

क्याभानोको नियुक्तिले अमेरिकी सर्वोच्च अदालतलाई अनुदारवादीहरूको पक्षमा झुकाव तर्फ डोहोर्‍याउने विश्लेषण गरिएको छ ।

अमेरिकी सर्वोच्च अदालतले गर्भपतन र बन्दुक नियन्त्रण जस्ता महत्वपूर्ण विषयमा अन्तिम फैसला गर्नुपर्नेछ ।

क्याभानोको नियुक्तबारे मतदानमार्फत आज अन्तिम निर्णय हुँदैछ ।

अनुमोदित भए उहाँ सर्वोच्च अदालतको आजीवन न्यायाधीश हुनु हुनेछ ।

उनीमाथि प्राध्यापक क्रिस्टिन ब्लाजे फोर्डसहित तीनजना महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।(एजेन्सी)