२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


मनमोहक तिरतिरे झरनाको उचित प्रचारप्रसार नहुँदा गुमनाम (भिडियो)


0
Shares

प्रकाश मैलाली/ईमेज

सर्लाही । सर्लाहीमा र महोत्तरीको सीमानामा पर्ने तिरतिरे झरनाको उचित प्रचारप्रसार नहुँदा गुमनाम जस्तै बनेको छ ।

प्राकृतिक सुन्दरताको कुनै कमी नरहे पनि भौगोलिक विकटता र सरोकारवालाको अग्रसरताका अभावमा झरना वषौँदेखि ओझेलमै छ ।

तराईको क्षेत्रमा खासै झरना देखिँदैनन् तर सर्लाही र महोत्तरीको सिमानामा रहेको तिरतिरे झरना सौन्दर्यले भरिपूर्ण मात्र होइन निकै रहस्यमय समेत रहेको छ ।

जुन झरनामा पुग्न बाँके खोलाको तिरैतिर करिब १३ किलोमिटर कठिन यात्रा छिचोल्नुपर्ने हुन्छ  ।

कठिन बाटोलाई छिचोल्दै  झरनासम्म पुग्न केही कठिन महसुस भए पनि प्राकृतिक मनोरमपूर्ण परिवेशले सबै थकावट मेटाइदिन्छ ।

तराइको गर्मी छल्न वरपरका जिल्लाबाट  यस झरनामा मानिसहरु आउने गर्छन् आएका जोकोहीले अपार आनन्दको अनुभूति गर्छन् ।

यति हुँदा हुँदैपनि उचित पूर्वाधार विकास र व्यवस्थापन मिलाउन नसकेको भन्दै स्थानीय युवराज देवकोटा असन्तुष्टि पोख्छन् ।

सर्लाहीको ईश्वरापुर नगरपालिका र महोत्तरीको बर्दिवास नगरपालिका भएर झरना बग्ने भएकोले दुवै नगरपालिका मिलेर यस क्षेत्रको विकास गर्नुपर्ने ईश्वरापुरका नगरप्रमुख मनोज देवकोटाको धारणा छ ।

झरनाबाट पर्यटन विकासको राम्रो संभावना रहेको भए पनि अहिलेसम्मको स्थिति भने योजनाविहीन र अस्तव्यस्त जस्तै छ ।

यस क्षेत्रको प्रचारप्रसार र विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकको आवागमन वृद्धि हुनेमा कुनै शंका छैन ।