धनकुटा । पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने दु्रतसडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको काम सात वटा प्याकेजमा अघि बढेको हो ।
सात वटा ठेकेदार कम्पनी मार्फत कूल ६ अर्ब १५ करोड १४ लाख रुपैयाँमा सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म १ सय ४७ किलोमिटर सडक दुई लेनको बनाउन लागिएको हो ।
सडकलाई चौडा बनाउनुका साथै घुम्ती, नाला निर्माण तथा ग्रावेलको काम हुनेछ ।
६० प्रतिशत नयाँ र बाँकी ४० प्रतिशत पुरानो ट्याकलाई प्रयोग गर्ने गरी काम सुरु भएको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर अभिमान मुल्मीले जानकारी दिए ।
आगामी दुई बर्षभित्रमा सडक निर्माण सम्पन्न हुने जनाइएको छ ।
पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका विभिन्न गाउँबाट तराई तथा राजधानी जानका लागि यसलाई सबैभन्दा छिटो बाटोको रुपमा लिइन्छ ।
प्रतिक्रिया दिनुहोस्