२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


वर्षाले क्षतिग्रस्त सडक जनप्रतिनिधिद्वारा मर्मत


0
Shares

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै नगरपालिका क्षेत्रका सडक मर्मत गरेको छ ।

वर्षाले क्षतिग्रस्त बनेका म्याङलुङ–जिरिखिम्ती, जिरिखिम्ती–लसुने, जिरिखिम्ती–चौकीबजार र जिरिखिम्ती–सन्सारी सडक मर्मत गरिएको हो ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र नगरबासीसमेतको सहभागितामा क्षतिग्रस्त सडकका खाल्डा खुल्डी पुर्ने, ड्रेन बनाउने, ग्याभिङ भर्ने, सम्याउनेलगायत काम गरिएको हो ।

चाडपर्वका बेला जिल्लावासीलाई आवागमनमा सहज होस् भन्ने उद्देश्यले सडक मर्मत गरिएको नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताए ।