
काठमाडौं, असोज १९ । खाद्य संस्थानले यो वर्ष बडादसैंका लागि दुई हजार खसी र च्यांग्रा काठमाडौं ल्याउने भएको छ ।
संस्थानले एक हजार खसी र एक हजार च्यांग्रा ल्याउने तयारी गरिरहेको जनाएको छ ।
घटस्थापनाको दिनदेखि ल्याउन सुरु गरी बिक्री गर्ने संस्थानले जनाएको होे ।
संस्थानले यो वर्ष दाङ र मकवानपुरबाट खसी तथा मुस्ताङबाट च्यांग्रा ल्याउने तयारी गरिरहेको जनाएको छ । खसी र च्यांग्रा २४ गतेसम्म काठमाडौं ल्याइने संस्थानले जनाएको छ ।
मूल्य अहिलेसम्म निर्धारण नगरिएपनि किलोमा १० रुपैयाँ छुट दिइने संस्थानका सूचना अधिकारी शंकर सापकोटाकाले जानकारी दिए ।
उपत्यकामा एकैपटक भित्र्याउँदा व्यवस्थापनको अभाव हुने भएकाले विस्तारै ल्याइने जनाइएको छ ।
झन्डै ३०/४० हजारको माग रहेको उपत्यकामा दुई हजारको संख्यामा खसी–बोका भित्र्याएर बजार हस्तक्षेपमा खासै उपलब्धि नहुने विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्