Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


धादिङमा राजमार्गका होटल लगायत बजार अनुमगन तीव्र


0
Shares

धादिङ, असोज १९ । चाडपर्व नजिकिँदै जाँदा धादिङमा स्थानीय प्रशासनले दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा एकरुपता कायम गर्न राजमार्गका होटल एवं रेस्टुरेन्टहरुमा अनुगमन सुरु गरेको छ ।

राजमार्गका होटलहरुले यात्रुसँग जथाभावी मूल्य लिएको र उपभोग्य वस्तुहरुको मूल्य पसलैपिच्छे फरक रहेकोे भन्ने जनगुनासो आउन थालेपछि स्थानीय प्रशासनले बजार अनुगमन गरेको हो ।

दशैंको बेला राजमार्ग हुँदै आफ्नो गन्तब्यमा जाने यात्रुहरुले खाना तथा खाजा खाँदा बढी मूल्य तिर्नुपर्ने, व्यापारीहरुले उपभोग्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गर्न सक्ने भन्दै अनुगमन थालिएको स्थानीय प्रशासनको भनाइ छ ।

अनुगमनका क्रममा धेरैजसो दैनिक उपभोग्य वस्तुहरुको मूल्य उस्तैउस्तै भए पनि होटलपिच्छे खाजानास्ता, पेय पदार्थ, चिनी, मसला आदिकोे मूल्य भने पसलअनुसार फरक–फरक पाइएको छ । अत्यधिक मूल्य लिने होटल तथा रेष्टुरेण्ट एवं व्यापारीलाई स्थानीय प्रशासनले तत्काल मूल्य समायोजन गर्न निर्देशन दिएको छ ।

यात्रुहरु नठगिउन् भन्दै राजमार्गमा सञ्चालित होटलहरुमा कडाइका साथ अनुगमन गरिने स्थानीय प्रशासनले जनाएको छ ।