ताप्लेजुङ, असोज १९ । लामो समयदेखि बन्द रहेको नेपाल वायु सेवा निगमको काठमाडौं–ताप्लेजुङ उडान फेरि सुरु हुने भएको छ ।
असार दोश्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान भर्ने तयारी गरेको हो । यसअघि ७ हजार ४ सय ६० रुपैँयामा टिकट बिक्री गरेको निगमले अहिले एक हजार ६० रुपैँया छुटसहित टिकट बिक्री गरिरहेको छ ।
असोज २४ देखि उडान सुरु गर्ने जनाएको निगमले तत्कालका लागि सातामा दुई दिन बुधबार र शुक्रबार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।
यता, समिट एअरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराव भएकाका कारण उडान गर्न सकेन । तर, आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ ।
मौसम खराबीका कारण ताप्लेजुङमा नियमित उडान हुन नसकेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्