१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


सालको पातबाट रोजगारी (भिडियो)


0
Shares

विवेक भण्डारी

नवलपुर, असार ८ । नवलपुरको कावासोती १६ का महिला सालको पातबाट आयआर्जन गर्न सफल भएका छन् । जंगलमा गएर पात संकलन गरी दुना–टपरी उद्योगमा बिक्री गर्दा उनीहरुलाई घरायसी खर्चमा सहज हुन थालेको छ ।

विगत केही वर्ष पहिले घरायसी काममै दिन बिताउने कावासोती–१६ का महिलालाई सालको पातले रोजगारी दिएको छ । काम खासै केही नहुँदा दिनभरिको लामो समय बिताउनु पट्यारलाग्दो नै भएको थियो ।

कुल १८२ घरधुरी रहेको यस गाउँका प्रत्येक महिला अहिले भने दैनिकजसो जंगलमा पात संकलन गर्न जान्छन् । यस्तो कामबाट उनीहरुलाई समय बिताउन र दैनिक रुपमा हुने सामान्य खर्च टार्नसमेत सजिलो भएको छ । 

पात टिपेर आकार मिलाएपछि पायक पर्ने दुना–टपरी उद्योगमा पुर्‍याउने गर्छन् । १ किलो पात ३५ रुपैयाँमा विक्री गर्ने उनीहरुको यो काम नियमितजस्तै बनेको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्