काठमाडौं, असोज १८ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा गिरावट आयो ।
यसदिन नेप्से ३ अंकले झरेर १२ सय २७ विन्दुमा आइपुग्यो । बुधबार पनि नेप्से १० अंकले ओर्लिएको थियो ।
यसदिन व्यापार, बित्त र जीवनबिमा समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
यसदिन १६५ कम्पनीका १५ लाख ८२ हजार कित्ता सेयर ४२ करोड ८६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्