
तेह्रथुम, असार ८ । मध्यपहाडी लोकमार्गको पूर्वी खण्ड अन्तर्गत तेह्रथुमको खोरुङ्गा खोलामा पुल निर्माणमा ढिलाई हुँदा जिल्लाबासी सास्ती बेहोर्न बाध्य भएका छन् ।
पुल नहुँदा ठुलो पानी पर्नासाथ फेदाप र आठराई गाउँपालिकासँग म्याङलुङ्ग नगरपालिकाको सडक सम्पर्कविच्छेद हुने गरेको छ ।
पाँच वर्षअघि नै सडक निर्माण भए पनि अहिलेसम्म पुल निर्माण भएको छैन । मध्यपहाडी लोकमार्ग अन्तर्गत यो खोलामा पुल निर्माणका लागि मध्यपहाडी लोकमार्गले गतवर्ष नै ठेक्का लगाएको थियो । तर निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिले काम सम्पन्न गरिसक्नुपर्ने समयमा पाँच प्रतिशतमात्रै काम गरेको छ ।
सो कम्पनीलाई लोकमार्ग आयोजनाले ४ करोड ९७ लाख रुपैयाँमा एक वर्षभित्र काम सम्पन्न गर्नेगरी ०७३ साल असारमा सम्झौता गरेको थियो ।
पुल निर्माणको कामको अनुगमनका क्रममा उल्लेख्य प्रगति नभेटिएपछि जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनीलाई पत्राचार गरेर कारवाहीको प्रक्रिया अघि बढाएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।
प्रतिक्रिया दिनुहोस्