Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदारहरुलाई अख्तियारले कारवाही गर्ने


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारवाहीको तयारी गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा आयोगका प्रमुख आयुक्त नविन घिमिरेले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाहीको तयारी भैरहेको जानकारी दिए ।

कारवाहीका लागि मन्त्रालयहरुबाट ठेकेदारहरुको सूची जम्मा गरिएको उनको भनाइ थियो ।

धेरै रुग्ण ठेक्कालाइ विस्तृत अनुसन्धानमा हाल्दै गएको भन्दै प्रमुख आयुक्त घिमिरेले कुनैपनि हालतमा आयोगले यो विषयमा सम्झौता नगर्ने बताए ।

आयोगले सरकारलाई सहयोग गर्ने उद्देश्यले ठेक्पापट्टाको अनियमितताको अनुसन्धानमा हात हालेको उनको भनाइ थियो ।

प्रमुख आयुक्त घिमिरेले निर्मण व्यवसायीप्रति आयोगको कुनै पूर्वाग्रह नरहेको पनि स्पस्ट पारे ।

अख्तियारले राष्ट्रिय गौरवका आयोजनाबाट ब्रिफिङ लिने तयारी गरिरहेकोे समेत उनले जानकारी दिए ।

अर्को एक प्रसंगमा प्रमुख आयुक्त घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको स्वीकार गरे ।

भ्रष्टाचारमा संलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको भन्दै उनले सबैलाई एकैचोटी निलम्बना गरौं भन्दा आफुहरुलाई कर्मचारी व्यवस्था गरादिनुस् भन्ने आग्रह आएको बताए ।

प्रमुख आयुक्त घिमिरेले कुनैपनि आयोजना निमार्णको जिम्मा नेपाली सेनालाई दिँदा ख्याल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।