Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


दैलेखमा दुई समूहबीच झडप, दुईजना गम्भीर घाइते


0
Shares

दैलेख, असार ४ । दैलेखको आठबीस नगरपालिकामा टेन्डर दर्ताको विषयलाई लिएर बिहीबार दुई समूहबीच झडप भएको छ ।

हतियारसहित उत्रिएका युवाहरुबीच झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

नगरपालिकाले आह्वान गरेको बाटो तथा भवन निमार्णको टेन्डर दर्ता गर्न गएका समूहबीच झडप भएको हो ।

झडप बढ्दै गएपछि नगरपालिकाले टेन्डर दर्ता सूचना टाँसेर स्थगित गरेको छ ।

त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।