Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


नेप्से १० अंकले झर्‍यो, कारोबार पनि खुम्चियो


0
Shares

काठमाडौं, असोज १७ । बुधबार पनि सेयरबजारमा दोहोरो अंकको गिरावट जारी रह्यो ।

निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार मंगलबार सामान्य हरियो रहेकामा बुधबार पुनः उही प्रवृत्तिउन्मुख भएको हो ।

नेप्से १० अंकले झरेर १२ सय ३० मा आएर थामियो । कारोबार पनि खुम्चियो ।

यसदिन व्यापार र होटल समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ५१ अंकले झर्‍यो । जीवनबिमा समूह पनि ३७ अंकले ओरालो लाग्यो । जलविद्युत्, विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका १४ लाख ३६ हजार कित्ता सेयर जम्मा ३७ करोड ४० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।